थप १०२५४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार,यससँगै देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या ११ हजार ६ सय ५१ जना पुगेको छ । यस्तै, सोही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।
