देशभर १० हजार ७०३ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ । सोही अवधिमा ७६६ जना संक्रमणमुक्र भएका छन् भने ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जना पुगेको छ भने संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ६३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएका छ ।
