आज नेप्से ३८ अंकले घट्दा ६ अर्बको कारोबार
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा गिरावट आएको छ । यस साताको अघिल्लो दुई दिन लगातार हरियाली छाएको पूँजीबजारमा हिज र आज गिरावट आएको हो । नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँको कारोबार भएको छ ।
आज अपि पावरको २० करोड भन्दा माथिको कारोबार भएको छ भने घलेम्दी हाइड्रोपावरको शेयर घट्न पुगेको छ । अपि पावर कम्पनीको २० करोड ३२ लाख २१ हजार २९७ रुपैयाँको कारोबार भएको छ भने घलेम्दी हाइड्रोपावरको शेयर ४ं३४ प्रतिशतले घटेको हो । यस्तै, आज बुद्धभूमि हाइड्रोपावर र सामलिङ पावरको शेयर सर्किट लागेको छ ।
