अवैध लागुऔषधसहित ४ जना पक्राउ

तु खबर संवाददाता
२०७८ माघ ४,मंगलवार १२:४५

बाँके । बाँके प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्लाको कोहलपुर नगरपालिका–११ बस्ने बिरेन्द्र थारुको घरबाट ५ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित ४ जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका–३ बस्ने ६४ वर्षीय रामचरण थारु, २५ वर्षीय सुरज थारु, २७ वर्षीय ध्रुव कुमार थारु र ३६ वर्षीय सुन्दर राम थारु रहेका छन् । बिरेन्द्र थारुको घरमा लागूऔषध ब्राउनसुगरको कारोबार भएको भन्ने विशेष सूचनाको आधार प्रहरीले खानतलासी गर्ने ४ जना यूवालाई पक्राउ गरेको जनाएको छ । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।