१० किलो चरेससहित महिला पक्राउ
वीरगंज । प्रहरीले वीरगञ्जबाट लागूऔषध चरेससहित रौतहट जिल्ला पिपरीया परेवा नगरपालिका वडा नम्वर– ९ निवासी ४२ वर्षीया रंजु देवीलाई पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले बुधबार साँझ उनलाई पक्राउ गरेको थियो ।
नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा जाँच गर्दा उनको साथबाट १० किलो चरेश फेला परेको हो । उनको ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको र ज्याकेटको दुबै तर्फको खल्तीबाट चरेशको प्याकेट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
