ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष २९,बिहीबार ०९:२८
File Photo

काठमाडौं । भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर अचेत भएका थिए । त्यसपछि उनलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको महानगरी प्रहरी परिसर भक्तपुरले जनाएको छ ।