पछिल्लो २४ घण्टामा ३०७५ कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६ पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ भने २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
