आज साताको पहिलो दिन नेप्सेमा हरियाली

तु खबर संवाददाता
२०७८ पुष १८,आईतवार १६:३८
file-photo

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्सेमा हरियाली छाएको छ । नेप्से ६० दशमलव ४१ अंकले वृद्धि हुँदा २ हजार ५८४ दशमलव ९१ को विन्दुमा कायम भएको छ । सूचीकृत २४० कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज हिमालयन डिस्टिलरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४४ करोड ९४ लाख २ हजार ५९१ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको २९ करोड ७० लाख, शिवम् सिमेन्ट्सको २३ करोड ४९ लाख, नेपाल बैंगलादेश बैंकको १८ करोड ९२ लाख र अपि पावर कम्पनीको १७ करोड ३७ लाख भन्दा माथिको कारोबार भएको छ । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन समुह सबै भन्दा धेरै ५.०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समुह ३.५४ तथा विकास बैंक समुह ३.४२ प्रतिशतले बढेको छ । आज गोर्खाज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ५.१२ प्रतिशतले घटेको छ ।