देशभर थप २९३ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष ८, बिहीबार १५:५६
filr-photo

काठमाडौं । नेपालमा थप २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षण र २ हजार ११६ जनाको एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पीसीआर विधिबाट गरिएको परीक्षणमा २४१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको हो । यससंगै देशभर कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २६ हजार र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार पुगेका छन् । तीमध्ये हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ पुगेको छ भने ८ लाख ९ हजार जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु मृत्युछ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।