मन्त्री रिजालले बुझाए देउवालाई राजीनामा

तु खबर संवाददाता
२०७८ पुष १, बिहीबार १६:०५

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा पराति भएका डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । रिजालले बिहिबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । उनले कांग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताए ।

शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवारी दिएका उनले ८०९ मतसहित पराजय भोगेका थिए । सबैबीच रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । कांग्रेसको महामन्त्रीमा निर्वाचित थापा र शर्माको क्रमबः ३ हजार २३ र १ हजार ९८४ मत प्राप्त गरेका छन् । मन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । जसमा अन्य उम्मेवारहरु क्रमशः डा. प्रकाशशरण महत (१०५५), प्रदीप पौडेल (१४०९) र राजाराम कार्की (१०७) मत प्राप्त गरेका थिए ।