देउवाको जितसँगै कांग्रेस थप सुदृढ बन्नेछ: गृहमन्त्री खाँण

तु खबर संवाददाता
२०७८ मंसिर २९, बुधबार ०७:५२
file-photo

काठमाठौँ । गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस सभापति पदमा शेरबहादुर देउवाले जितले कांग्रेस थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । खाँणले प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने बताए । सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढंगले अघि बढ्ने बताए ।

सभापति देउवाले कांग्रेसलाई अझै सुदृढ, क्रियाशील, गतिशील र संगठित बनाएर लैजाने उनले बताए । उनले भने, ‘उहाँ (सभापति देउवा)को कार्यकालमा लोकतन्त्र पनि बलियो हुनेछ । राजनीतिक सहमति र सहकार्यका आधारमा मुलुकलाई अघि बढाउनुका साथै आगामी स्थानीय निकायको निर्वाचन र आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नुहुनेछ ।’