थप २६४ जनामा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७८ मंसिर २८, मंगलवार १७:३९

काठमाडौं । नेपालमा थप २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ७०९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ९ सय ३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र ४ हजार ३१७ एन्टिजेन परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२ छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ रहेको छ ।