कांग्रेस सभापतिका लागि पुनः मतदान सुरु

तु खबर संवाददाता
२०७८ मंसिर २८, मंगलवार १५:५५
file-photo

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुन लागेको हो ।

सभापति पदका प्रत्यासी देउवालाई सभापतिकै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्ने जनाएका छन् । महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुन लागेको हो । यसअघि सोमबार भएको निर्वाचनमा देउवाले २ हजार २५८ मत, कोइरालाले १ हजार ७२९ मत, प्रकाशमानसिंहले ३७१ मत, विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २ मत प्राप्त गरेका थिए ।