विमलेन्द्र निधिले पनि देउवालाई सघाउने

तु खबर संवाददाता
२०७८ मंसिर २८, मंगलवार १२:२१

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सभापति पदको दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

त्यसअघि देउवा, निधिलाई भेट्न पुगेका थिए । बानेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएका छन् । त्यस्तै प्रकाशमान सिंहले पनि देउवालाई नै समर्थन गर्ने भएका छन् । उनले केही बेर अघि देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् । प्रकाशमानको क्याम्पबाट महामन्त्रीको उम्मेदवार रहेका विश्वप्रकाश शर्माले पनि ट्वीट गर्दै देउवालाई नै समर्थन रहने जानकारी दिए ।