देउवाले पाए ४८.२३ प्रतिशत मत
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सभापति पदको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको हो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा देउवाले ४८.२३ प्रतिशत मत ल्याएका छन् । यस्तै शेखर कोइरालाले ३६.९३, प्रकाशमान सिंहले ७.९३, विमलेन्द्र निधिले ५.३० र कल्याण गुरुङले ०.०४ प्रतिशत मत हासिल गरेका छन् । दोस्रो चरणको निर्वाचन आजै गर्ने तयारी छ ।
