कांग्रेस महाधिवेशन : उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन, कुन पदमा को ?

तु खबर संवाददाता
२०७८ मंसिर २६, आईतवार ०९:२९
file-photo

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्वको लागि विभिन्न पदमा उम्मेदवारी दिनेकोहरुको प्रथम नामावली प्रकाशन भएको छ । प्रकाशन भएको नामावली अनुसार, पार्टीको सभापति पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । एक पदको लागि ६ जनाको उम्मेदवारी गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार, सभापतिमा पदका लागि शेरबहादुर देउवा, विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको हो । यस्तै, उपसभापतिमा २ पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपसभापति पदका उम्मेदवारी दिनेहरुमा महेश अचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।

यसैगरी, महामन्त्रीमा २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । यस्तै, सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको कांग्रेसको केन्द्रिय निर्वाचन आयोगले जनाएको छ । केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ ।

हेर्नुहोस् उम्मेदवारीको नामावली ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab