कांग्रेस प्रदेश १ को सभापतिमा थापा विजयी

तु खबर संवाददाता
२०७८ मंसिर २०, सोमबार ०८:५३

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थावा विजयी भएका छन् । निकटम् प्रतिद्वन्दी गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गर्दै थापाले सभापतिमा विजयी हासिल गरेका हुन् । थापाले ८४४ मत प्राप्त गरेका छन् भने उनका निकटम् प्रतिद्वन्दी घिमिरेले ८४२ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा कुल १ हजार ७५२ मत खसेको प्रदेश निर्वाचन समितिले जनाएको छ । प्रदेश १ मा कांग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो । यसैगरी उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद ढुंगाना (केदार) विजयी भएका छन् । उनीहरुले क्रमशः ८९१ र ८४७ मत प्राप्त गरेको थिए । २ उपभापति पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो । जसमा गोबिन्द प्रसाद ढुंगाना ( केदार ) ले ७६५ मत र बिश्वनाथ रिजाल ( त्रिलोचन ) ले ६६९ मत प्राप्त गरी पराजित भएका हुन् ।

त्यस्तै, महामन्त्रीमा भुपेन्द्र राई र उमेश थापा विजयी भएका छन् । उनीहरुले क्रमशः ८२४ र ८२३ मत प्राप्त गरेका छन् । उक्त पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो । जसमा पदम सुन्दर पालुङ्गवा ८०७ मत र दिपनकुमार श्रेष्ठ ७६४ मतसहित पराजित भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, सह–महामन्त्री महिलातर्फ प्रमिला गछदार विजयी भएकी छन् । निकटम् प्रतिद्वन्दी सीता कार्कीले पराजित गर्दै गछदारल सह–महामन्त्री महिलामा विजयी हासिल गरेका हुन् । उनले ८३७ मत प्राप्त गर्दा कार्कीले ७३३ मत प्राप्त गरेका थिए । यसैगरी, सह–महामन्त्री खुल्लातर्फ खड्ग फागो १ हजार २६ र बिनोदकुमार बस्नते ७४७ मत प्राप्त गरी विजयी भएका छन् । सो पदको लागि ५ जनाको उम्मेदवारी गरेको थियो । जसमा रोहित कुमार शाह (६६५), विरकाजी राई (६४७) र शुभचन्द्र राई (८४) मतसहित पराजित भएका छन् ।