६०२ मत गणना हुँदा केसीलाई बानियाँले टपे, कडा प्रतिस्पर्धा

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार २०:२१
file-photo

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको निम्ति अहिले भइरहेको मत गणनामा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई टपेका छन् । ६०२ मत गन्दा बानियाँले ३०३ मत प्राप्त गरेका छन् भने केसीले २९६ मत पाएका छन् ।

आजको मत गणनामा सुरुवातदेखि नै केसीले बानियाँलाई लिड गर्दै आइरहेका थिए । हिजो भएको मत गणनामा भने बानियाँले सुरुेदेखि अन्तिमसम्म पनि केसीलाई पछाडी परेका थिए । आज भएको मतदानमा २ हजार २५ मत खसेको थियो । आज भएको मतदानमा हिजो भन्दा ५८ मत कम खसेको छ । हिजो भएको मतदानमा २ हजार ८३ मत खसेको थियो । जारी अधिवेशनमा २ हजार १ सय ५१ प्रतिनिधि रहेका छन् ।

हिजो नेपाली कांग्रेसको विधान अनुरुप ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारको नआएका कारण कसैलाई पनि विजयी घोषित गरिएन । र, आज पुनः मतदान भएको हो ।