राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार ०८:२२
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा महिलातफ नायिक रेखा थापा पराजित भएका छन् । आइतबार आएको मत परिणाम अनुसार, थापा १ हजार ६४० मतका साथ पराजित भएका हुन् । उक्त पदका लागि २ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी परेको मध्ये थापाले सबैभन्दा कम मत प्राप्त गरेका हुन् । यस्तै सोही पदमा उम्मेदवारी दिएका कुन्तीकुमारी शाही विजयी भएका छन् । उनले २ हजार ८ मत प्राप्त गरी विजयी भएका हुन् ।

शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् । यस्तै, राप्रपा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । यस्तै, खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो ।