आज नेप्से ८० अंकले घट्यो

तु खबर संवाददाता
२०७८ मंसिर १२,आईतवार १६:२६

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २ हजार ६ सय ५१ दशमलव ४९ अंकमा झरेको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३४ कम्पनीको शेयर कारोबार भएको छ । आज १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ५१ लाख माथिको कारोबार भएको छ ।

आज गुमाउने कम्पनीहरुमा हिमालयन पावर पाट्नरको ८.४९ प्रतिशत अकं, मानुषि लघुवित्तको ८.०९ प्रतिशत अकं, प्राइम लाइफ इन्स्योरेन्सको ७.३४ प्रतिशत अकं, महालक्ष्मी विकास बैंकको ७.२५ प्रतिशत अकं, जोशी हाइड्रोपावरको ७.१८ प्रतिशत अकं र एक्सल डेभलपमेन्ट बैंकको ७.१३ प्रतिशत अकंले घटेको हो । आज आइसीएफसी फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समलिङ पावरको ८.२१ प्रतिशत अकं, निर्धान उत्थान लघुवित्तको ३.४३ प्रतिशत अकं, नेपाल एसबिआइ बैंकको २।८६ प्रतिशत अकं र सानिमा जनरल इन्स्योरेन्सको १.५२ प्रतिशत अकंले वृद्धि भएको हो ।