देशभरका ५३३ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ कार्तिक २३, मंगलवार १६:२९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल १६ हजार ७ सय ३६ जनामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सोही अवधिमा १४ हजार ९१८ जनाको पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै, नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ३७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९२६ जना पुगेको छ । तीमध्ये हालसम्म ७ लाख ९६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४८४ जना संक्रमणमुक्त भएका छन् ।