बढी भाडा असुल्ने हेटौंडाका दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ कार्तिक २,मंगलवार १४:५८

मकवानपुर । मकवानपुर प्रहरीले चाडपर्वको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा रकम असुल्ने हेटौंडाका दुई जनालाई पक्राउ गरेको छ । चाडपर्वको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने ना ४ ख ९३११ नम्वरको यात्रुबाहक बसका चालक र सहचालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बस्ने २६ वर्षीय रविन सुबेदी र सोही ठाउँ बस्ने ३४ वर्षीय सुधेस परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, बढी भाडा फिर्ता गरी सो बसलाई गन्तब्यतर्फ छाडिएको छ । पक्राउ परेको दुबैमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

डोटीमा वर्षाले घर भत्किदा दुई बालकको ज्यान गयो
धनगढी । डोटीमा वर्षाले घर भत्किदा दुई बालकको ज्यान गएको छ । लगातारको वर्षाका कारण घर भत्किदा जिल्लाको सायल गाउँपालिका–६ मा स्थानीय बिरबहादुर कुन्जेडाका दुई छोराको ज्यान गएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरमा च्यापिएर उनका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको ज्यान गएको हो । उनीहरुमध्ये एक जनाको शव निकालिएको छ भने अर्काको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।