नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन ३१,आईतवार १७:४३
सांकेतिक तस्वीर

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ९ सय ६६ पीसीआर परीक्षणका क्रममा ३ सय ८५ जना र १ हजार ११ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको हो ।

यससंगै नेपालमा संक्रमितको संख्या ८ लाख ९८ हजार ३ सय ९९ पुगेको छ । हालसम्म नेपालमा ११ हजार २ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ६८० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८१ हजार ४ सय ५६ संक्रमित निको भएका छन् । हाल १२ हजार २ सय ९७ सक्रिय संक्रमित आइसोलेसन र २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।