मकवानपुरको हेटौंडामा धार्मिक विधिसहित फूलपाती भित्र्याईयो

तु खबर संवाददाता
२०७८ आश्विन २६,मंगलवार १०:५०

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बडा दशैंको उपलक्ष्यमा फूलपाती भित्र्याइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले हेटौंडा–२ स्थित बनस्खण्डी र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरमा आज बिहान धार्मिक विधि अनुसार फूलपाति भित्र्याइएको छ ।

सो फुलपाति लिन मकवानपुर जिल्लाको विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरीलगायतका उच्चपदस्थ अधिकृतहरुसहित भक्तजनहरुले शोभायात्राका साथ भित्र्याइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेले जानकारी दिए ।

उनका अनुसार, नेपाली सेनाका मौलिक ब्याण्ड, पन्चेबाजा र भक्तजनहरुको भजनकृतनसहित शोभायात्राले छुट्टाछुट्टै स्थानमा फुलपाति भित्र्याइएको हो । शोभायात्राका साथ स्थानीय बनस्खण्डीबाट हेटौंडा–१० गोरेक्षश्वर मन्दिरमा फूलपाती लिन पुगेको थियो । त्यस्तै, आज मकवानपुर जिल्लाको शक्तिपिठ मन्दिरहरु क्रमशः स्थानीय भुटनदेवी मन्दिर, चुरियामाई मन्दिर, मकवानपुरगढी, चिसापानी गढी र रिकेश्वर मन्दिरमा आज बलि चडाउने गर्दछ ।

हेटौंडाको चुरियामाई मन्दिरमा ।