मकवानपुरमा भए ९ जना कोरोनामुक्त, थपिए ६ जना संक्रमित
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ९ जना संक्रमणमुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, संक्रमणमुक्त हुनेहरुमा सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार ९ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २ जना र थाहानगरपालिकाका चार जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार २ सय ८० जना पुगेको छ । तीमध्ये हालसम्म १६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म हेटौंडाका १ सय १७ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृतयु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
