वरिष्ठ अधिवक्ताहरुद्वारा सर्वोच्च बारको चियापान कार्यक्रम बहिस्कार

तु खबर संवाददाता
२०७८ आश्विन २०,बुधबार १६:२१

काठमाडौं । वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् । दशैंको अवसरमा सर्वोच्च बारले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पनि बोलाइको भन्दै उनीहरुले कार्यक्रम बहिस्कार गरेको हो ।

मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले कार्यक्रम बहिस्कार गरेका हुन् । आफूहरुले संगठित रुपमा नभई स्वविवकेले चियापानमा नगएर सन्देश दिएको एक वरिष्ठ अधिवक्ताले जानकारी दिए ।

वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गर्ने पूर्व सूचना पाएपछि प्रधानन्यायाधीश जबरा पनि चियापान कार्यक्रममा गएनन् । सञ्चो नभएको भन्दै उनी नआएको सर्वोच्च बारका एक पदाधिकारीले बताए । चियापन कार्यक्रमा सर्वोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान, हरि फुयाल, मनोज शर्मा र नहकुल सुवेदी उपस्थित थिए ।