बुद्धभूमीको आईपीओ बाँडफाँट शुक्रबार हुने

तु खबर संवाददाता
२०७८ आश्विन २०,बुधबार १५:५५
file-photo

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार, कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

उक्त आईपीओ शुक्रबार विहान १० बजे बाँडफाँट गर्ने भएको हो । कम्पनीका आईपीओका लागि २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए । तर, आवेदन दिएका अधिकांशको रित्तो हात हुनेछ । यो आईपीओ योग्य आवेदक मध्येबाट ७४ हजार ४०० जनाले मात्रै १० कित्ता शेयर हात पार्नेछन् भने २० लाख भन्दा धेरैले शेयर नपाउने पक्का छ ।