शेयर बजारमा सुधार, ६८ अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०७८ आश्विन २०,बुधबार १५:४१

काठमाडौं । आज (बुधबार) शेयर बजारमा सुधार देखिएको छ । साताको दुई दिन लगातार घटेको नेप्से परिसूचक मंगलबार तेस्रो दिन दोहोर अंकले बढेको थियो । आज चौथो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर २ हजार ६८१ दशकलव ११ को विन्दुमा कायम भएको छ ।

आज २ सय २७ कम्पनीको शेयर सूचीकृत हुँदा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज शेयर बजारमा हरीयाली छाँउदा १९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सर्वाधिक कारोबार हुनेमा सिटिजन बैंक रहेको छ । बैंकको २३ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया लघुवित्त, निर्धन उत्थान लघुवित्त, हिमालय डिस्टीलरी, छिमेक लघुवित्त, नेपाल बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

आज बेष्ट फाइनान्स, प्रोगेसिभ फाइनान्स, ग्रामिण विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, सर्पाट माइक्रोफाइनान्स, समुदायिक लघुवित्त, सबैको लघुवित्त, मैलुङ खोला जलविद्युत, उन्नति सहकार्य लघुवित्त, माहालक्ष्मी बैंक, मिर्मिर माईक्रोफाइनान्सको सकारत्मक सर्किट लेभलमा कारोबार भएको छ ।