आज नेप्से परिसूचक ६ अंकले घट्यो

तु खबर संवाददाता
२०७८ आश्विन १८,सोमबार १६:३३

काठमाडौं । आज (सोमबार) साताको दोस्रो दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ६ दशमलव ६८ अंकले घटेर २ हजार ५७० दशमलव ८१ विन्दुमा कायम भएको जनाइएको छ । आज ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँको कारोबार भएको हो । यसअघि आइतबार ४ अर्बमा कारोबार सिमित भएकोमा आज ३ अर्बमा मात्र कारोबारभएको हो ।

त्यस्तै, आज नेप्से समूहमा रहेका १३ उपसूचक ४ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । होटल तथा पर्यटन, अन्य, लघुवित्त समूह र जीवन बीमा समूहमा आज हरियाली छाएको हो । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा यूनाइटेड मोदी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको आज एकैदिन १२ करोड १२ लाख १६ हजार ७७४ रुपैयाँको कारोबार भएको हो । साथै आज ४ वटा कम्पनीको शेयरमा सर्किट लागेको । सर्किट लाग्ने कम्पीहरुमा आशा लघुवित्त, सर्पोट माइक्रोफाइनान्स लघुवित्त, मैलुङ खोला र मिथिला लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको हो ।