सम्भवतः मन्त्रिपरिषद् विस्तार आजै हुन्छ– प्रचण्ड

तु खबर संवाददाता
२०७८ आश्विन १८, सोमबार १४:४४
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार सम्भवतः आज (सोमबार) नै हुने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेपाल बुद्धिजीवि संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले मन्त्रिपरिषद विस्तार गर्न नसके पनि मन्त्रालयको भागबण्डा टुंग्याउने बताएका हुन् ।

उनले, भने, ‘सकेसम्म आजै क्याविनेट विस्तार गरेर सपथ ग्रहण गराउने नभएपनि मिल्न बाँकी विषय टुंग्याउने भन्नेछ ।’ प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन ढिलाई भएको जनाइएको छ । मन्त्रिपरिषद् विस्तार भएमा आजै मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने कोशिस रहेको उनले बताए । नेपाली कांग्रेसमा सभापति देउवा गत असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनी यससँगै प्रधानमन्त्री पदमा पाँचौ पटक नियुक्त भएका हुन् ।