करेन्ट लागेर युवकको मृत्यु
रुपन्देही । रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर जिल्लाको ओमसतिया गाउँपालिका–१ लखनचोक बस्ने २६ वर्षीय दिपक परियारको मृत्यु भएकोे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
करेन्ट लागेर घाइते भएका परियारको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार, गत हप्ता पनि बुटवलमा होडिङ बोर्डमा वाइरिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको थियो ।
