जिसस महासंघ बागमतीको अध्यक्षमा पुनः खुलाल
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा पुनः रघुनाथ खुलाल चयन भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न जिसस महासंघको राष्ट्रिय परिषद बैठकले खुलालको नेतृत्वमा ९ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । खुलाल जिसस मकवानपुरका प्रमुख पनि हुन् ।
यस्तै, बैठकले कमिटीको उपाध्यक्षमा जिसस ललितपुरका प्रमुख अम्बर बहादुर खड्का र प्रवक्तामा जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीलाई चयन गरेको छ । यस्तै, राष्ट्रिय परिषद बैठकले कमिटीको सदस्यहरुमा क्रमशः जिसस दोलखाकी उपप्रमुख मनमायाँ जिरेल, जिसस रामेछापका उपप्रमुख दिपा पाख्रिन, जिसस धादिङका उपप्रमुख बिन्दा बरामु, जिसस ललितपुरका सदस्य बेली डंगोल, जिसस काठमान्डौंका सदस्य तेजीला थापा र जिसस रसुवाका सदस्य अर्जुन प्रसाद पौडेललाई चयन गरेको छ ।
