गाई काटेको आरोपमा मकवानपुरका १० जना पक्राउ

तु खबर संवाददाता
२०७८ आश्विन ४, सोमबार १६:३८

मकवानपुर । मकवानपुर प्रहरीले नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार साँझ साढे ७ बजेको समयमा बकैया गाउँपालिका वडा नम्वर ११ स्थित गाई काटेको आरोपमा १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका वडा नम्वर ४ बस्ने ४ बस्ने बर्ष ४८ को प्रल्हाद भक्त न्यासुर, बकैया–९ बस्ने वर्ष ५० की सञ्चमाया ब्लोन, वर्ष ४२ की फुलमाया थिङ, वर्ष १८ को सन्देस बिक, वर्ष ४० को सोमबहादुर तमाङ, बर्ष १९ को सोमार ब्लोन, बकैया–११ बस्ने वर्ष ३९ को जनकबहादुर ल्हो, वर्ष ४३ को राजकुमार घलान, बर्ष ४० को रबिन्द्र ल्हो र वर्ष ३३ को पम्पराज ल्हो रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरी खोलीले उक्त स्थानमा गाई काटी भाग लगाइरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।