हेटौंडामा बंगुर पालक कृषक समूहको परिचयात्मक कार्यक्रम

तु खबर संवाददाता
२०७८ आश्विन २, शनिबार १७:३७

मकवानपुर । हेटौंडामा हातेमालो बंगुर पालक कृषक समूहको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । समुहको शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सिमलटारमा सम्पन्न भएको हो । हातेमाले बंगुर पालक कृषक समूहका अध्यक्ष सुन्दरलाल श्रेष्ठको सभाधयक्षता भएको कार्यक्रममा बुद्धिजीवि तथा समाजसेवी कमलचन्द्र सुमनको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथि सुमनले उक्त स्थान बंगुर पालन व्यवसाय फट्याउँदै गएको र अझै यसलाई व्यवस्थित तरिकाले लैजानमा जोड दिएका थिए । उनले यस व्यवसाय गर्ने कृषकहरुलाई आफुले भविष्यमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विपन्न सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष भरतबहादुर दर्लामी मगर, पत्रकार जी. न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

ठगी मुद्धामा फरार एक जना पक्राउ
काभ्रे । प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ ​वर्षपछि पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार महिना १२ दिन कैदसहित रू ८ लाख ५ हजार जरिवानाको फैसला सुनाएपछि विदुरराज गिरी फरार भएका थिए ।

फैसला कार्यान्वयनको शिलशिलामा शुक्रबार उनी पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौरीदेउराली गाउँपालिका वडा नं ६ स्थायी घर भएका ६८ बर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौ जिल्लाको बालाजुमा फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ ।