हेटौंडामा एक पुरुषको शव फेला

तु खबर संवाददाता
२०७८ आश्विन २,शनिबार १७:०७
File Photo

मकवानपुर । हेटौंडामा आज (शनिबार) दिउँसो एक पुरुषको शव फेला परेको छ । दिउँसो ३ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० आनन्द टोलमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त शव लम्जुङ घर भएका अन्जादी ३० वर्षीय अमृत पन्थिको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी हेटौंडा–१० आनन्द टोलस्थित सत्य नारायण सिलवालको घरमा डेरा गरी बस्दथे । दिउँसो अबेरसम्म नउठेपछि घर धनीले गएर कोठाको झ्यालबाट हेर्दा सुत्ने ओछ्यानमा मृत देखिएपछि प्रहरीलाई खबर गरेको थियो ।

हाल घटनास्थलमा जिल्ला प्रहरी मकवानपुरको टोली पुगेको र शवको मुचुल्का उठाउने तयारी भइरहेको जनाइएको छ । मृतक पन्थि केका लागि हेटौंडामा कोठा लिएर बस्ने गरेको भन्ने विषयमा नखुलेको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।