सरकारद्वारा ८५ सहसचिवको सरुवा, बागमतीको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यतर्फकै सचिव राखिने

तु खबर संवाददाता
२०७८ भाद्र २९,मंगलवार २२:५४

काठमाडौं । नेपाल सरकारले आज ८५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेतको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न सेवाका ८५ सहसचिवहरुको सरुवा गरेका हुन् ।

सरकारले आज मङुगलबार सरुवा गरेका धेरै सहसचिवहरुलाई प्रदेशस्थित विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । केही बरिष्ठ सहसचिवहरुबाहेक अन्यलाई सरकारले प्रदेशका मन्त्रालयहरुको जिम्मेवारी दिएको छ । देउवाले सरकारको नेतृत्व सम्हालेपछि जगेडामा राखिएका केही सहसचिवहरुलाई पनि आजको सरुवामा जिम्मेवारी दिइएको छ ।

यसैबीच बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फकै सचिव राखिने भएको छ । बागमती प्रदेश मन्त्रिपरिषदु वैठकले स्वास्थ्य तर्फकै सचिव रहने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ । अब यसै अनुसार सांगठनिक संरचना बनाइनेछ । यसअघि बागमती प्रदेश  मन्त्रालयले बनाएको प्रस्तावित दरबन्दीमा संघीय सेवाको राजपत्राङुकीत प्रथम तहको सचिव रहने उल्लेख थियो । स्वास्थ्य सेवा बाहेक अन्यबाट पनि सचिव राख्न सकिने गरी तयारी भएपछि चिकित्सकहरुको छाता सङुगठनहरुले तीब्र विरोध गरेका थिए ।

प्रदेशमा कार्यरत कर्मचारीहरुले मन्त्रालयमा प्रशासन तर्फको सचिव राख्ने तयारी भएको भन्दै व्यापक विरोध जनाएका थिए । सरकारी चिकित्सक सङ्घले यस विषयमा आफ्नो सङ्गठनको गम्भीर ध्याकर्षण भएको भन्दै विरोध जनाएको थियो । नेपाल चिकित्सक सङ्घले पनि स्वास्थ्य सेवातर्फकै व्यक्ति सचिव हुनुपर्नेलगायतको माग गरी सोही अनुसार दरबन्दी सच्याउन आग्रह गरेको थियो ।