मकवानपुरमा १०२ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ भाद्र २९,मंगलवार १७:४३

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा १०२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

जसमा ७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा र २७ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ११ जना, थाहानगरपालिका र भीमफेदी गाउँपालिकाका २/२ जना रहेको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १५ हजार ३२ जनापुगेको छ । तीमध्ये हालसम्म १४ हजार ५ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामामात्रै ४२ जना कोरोना संक्रमणमुक्त भएको छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशनमा बसेका ४१ जना र संस्थागत आइसोलेशनमा बसेका १ जनामा कोरोना संक्रमणमुक्त भएका हुन् ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ३५ जना कोरोनामुक्त भएका छन् । यसैगरी, मनहरी गाउँपालिकाका ६, भीमफेदी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका एक जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १६४ जनाको निधन भएको छ । जसमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ हालसम्म कोरोना संक्रमणबाट १ सय १६ जनाको निधन भएको छ । यसैगरी, संक्रमणका कारण थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

देशभर थप १५६२ मा कोरोना पुष्टि, १९ जनाको निधन
पछिल्लो २४ घण्टामा देशभर एक हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ४ सय ४३ जनाको पीसीआर र एन्टीजेन परीक्षणम उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार २ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८० र ४ हजार १ सय ७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४ सय ९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४ सय १३ जना पुगेको छ । तीमध्ये हालसम्म १० हजार ९८४ जना कोरोना संक्रमितको निधन भएको छ भने ७ लाख ४२ हजार ३ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको निधन भएको छ भने १ हजार ५ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये २४ हजार ६ सय ९० होम आइसोलेसनमा र १ हजार ५ सय १२ संक्रमित संस्थागत आइसोलेशनमा, ४ सय ५३ जना आइसियुमा र १३७ जनाको भेन्टिलेटरमा रहेको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, देशभर २ सय २३ जना क्वारेन्टाइनमा रहेका छन् ।