कतारमा अलपत्र श्रमिकको उद्धार

तु खबर संवाददाता
२०७८ भाद्र २६,शनिबार ०८:५९
file-photo

बागलुङ । हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका श्रमिकलाई उद्दार गरिएको छ ।

नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा अलपत्रमा परेका चार जना श्रमिकलाई उद्धार गरिएको हो ।

सङ्घले कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहेका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो ।

सङ्घका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रबार बिहान ९ः०० बजे काठमाडौँ आइपुगेका हुन् भने लामा र पौडेल गत भदौ १ गते नेपाल फर्किएका थिए ।

कोभिड–१९ महामारी फैलिएयता थुप्रै अलपत्र श्रमिकलाई उद्धार र सहायता गरिएको सङ्घले जनाएको छ ।