मकवानपुरको राक्सिराङमा भदौ २२ गते सार्वजनिक विदा
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भोलि भदौ २२ गते सार्वजनिक विदा हुने भएको छ ।
गाउँपालिकाले आज (सोमबार) एक सूचना जारी गर्दै चेपाङ जातिको महान पर्व छोनाम न्वागीको अवसरमा सार्वजनिक विदा दिने जानकारी दिएको हो ।
चेपाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा छोनाम न्वागी पर्वलाई महत्वका साथ मनाउने गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार, अति सीमान्तकृत चेपाङ जातिको बाहुल्यता एवं बसोबास रहेको यस गाउँपालिकामा उक्त जातिको महान् पर्व छोनाम न्वागीको अवसरमा २०७८ भाद्र २२ गते राक्सिराङ्ग गाउँपालिका भर स्थानीय सार्वजनिक विदा दिने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ ।
साथै, जारी सूचनामा कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै यस पर्व स्वास्थ्य सुरक्षाका उच्चतम मापदण्ड एवम् भौतिक दुरी कायम गरी भिडभाड नगरी मनाउनुहुन सम्पूर्ण चेपाङ समुदाय तथा गाउँपालिका बासीहरुलाई अनुरोध गर्दै उक्त पर्वको शुभकामना समेत दिएको छ ।
