कांग्रेस मकवानपुरगढी ७ नं वडा सभापतिमा स्याङ्तान
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका ७ नं वडा समितिमा सुनराज स्याङतान चयन भएका छन् ।
आज भएको कांग्र्रेसको वडा भेलाले स्याङ्तानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यसैगरी उपसभापतिमा सुर्यबहादुर बिक र जिल्ला बहादुर थिङ, सचिवमा एम्बिरत्न भुलुन र झलक बहादुर लो, सह–सचिवमा विशाल मोक्तान र प्रशान्त लामा चयन भएका छन् ।
भेलाले कोषाध्यक्षमा रत्नमाया लोलाई जिम्मेवारी दिएको छ । समिति सभापतिहरुमा क्रमश दुविमाया लो, ज्ञानीमाया मोतmान, दिलमाया लामा, रत्नप्रसाद न्यौपानेलगायत चयन भएका छन् ।
त्यसैगरी क्षेत्रीय प्रतिनिधिमा सुर्यबहादुर रुम्बा, कृष्णप्रसाद सञ्जेल, रामजी न्यौपाने, निसामाया रुम्बा, आकास कुमार गोले, मायादेवी विश्वकर्मा, रत्नमाया मोक्तान, गोपीमाया लो, सचिमान रुम्बा, जयबहादुर घलान, श्याम कुमार तितुङ, प्रकाश योञ्जन, अक्कल बहादुर लो लगायत चयन भएको नवनिर्वाचित सभापति सुनराज स्याङ्तानले जानकारी दिए ।
