हेटौंडा १३ नं वडा कार्यालय अब आफ्नै भवनमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका १३ नं वडा कार्यालय भवन उट्घाटन गरिएको छ ।
डेढ करोड लागतमा निर्माण भएको वडा कार्यालय भवनको उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मिना लामाले उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै मेयर महतले जनताका लागि हरेक वडामा विकास निर्माणका कामसंगै सेवा दिने कार्यालय पनि निर्माण गर्दै लगिएको बताए ।
हरेक वडामा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गर्ने लक्ष्यसाथ काम भइरहेको र केही निर्माण पनि भइसकेको उनले बताए ।
हेटौंडामा पहिलेका ११ वडा भन्दा पनि पछि थपिएका वडाहरुमा विकास निर्माणका कामले तीब्रता पाएको उनको दावी छ ।
नौँ वटा कोठा र एउटा हलसहितको सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो ।
हेटौंडा १३ का अध्यक्ष मनोज वाइवाको सभाध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।
