हेटौंडाका विभिन्न स्थानका खोप राख्न कोल्डस्टोर निर्माण

तु खबर संवाददाता
२०७८ भाद्र १३, आईतवार १०:२५

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले विभिन्न स्थानमा खोप कोल्डस्टोर निर्माण गरिने भएको छ ।

कोरोना माहामारी सुरु भएपछि खोप राख्ने स्थान नभएका कारण खोपको उचित व्यवस्थापनका लागि आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम अन्तरगत खोप कोल्डस्टार निर्माण गरेर संचालनमा ल्याएको हो ।

यस्तै, हेटौंडा उपमहानगरपालिकाले विभिन्न वडाको स्वास्थ्यचौकी भवन निर्माण गरिरहेको छ । उपमहानगरपालिकाको वडा नम्वर १, ४, ५, १२, १४, १६, १८ र १९ मा स्वास्थ्यचौकी भवन निर्माण भइरहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाई जानकारी दिए ।

गत आर्थिक वर्षका लागि विनियोजित बजेट सकिएका कारण भवन निर्माण अधुरो रहेको र चालु आर्थिक वर्षको बजेट आएपछि निर्माण कार्य पुनः सुरु हुने चौलागाईले बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा स्वास्थ्य चौकी भवन निर्माणका लागि आएको ३ करोड २० लाख ८० हजार रुपैयाँ जेट सकिएकोले निर्माण कार्य स्थगित भएको थियो । भवन निर्माणको ४० प्रतिशत काम भइसकिएको स्वास्थ्य निरीक्षक चौलागाईले बताए ।