भीमफेदीको कोगटेखोलामा बेपत्ता भएका बडालको शव फेला

तु खबर संवाददाता
२०७८ भाद्र १३, आईतवार ०८:०३
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ सिस्नेरीस्थित कोगटे खोलामा पौडी खेल्ने क्रममा चिप्लिएर बेपत्ता भएका युवकको शव फेला परेका छन् ।

पौडी खेल्ने क्रममा चिप्लिएर बेपत्ता भएका ललितपुर घर भएका वर्ष १९ को सबित बडालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, शनिबार ललितपुरबाट साथीहरूसँग मिलेर पौडी खेल्न आएका बडाल पौडी खेल्ने क्रममा ढुङ्गामा चिप्लिएर बेपत्ता भएका थिए । बेपत्ता भएका उनको प्रहरी, स्थानीयको समन्वयमा खोजी गर्दा १०० मिटरभन्दा तल शव फेला परेको हो ।