गाउँपालिका अध्यक्ष यादवको निधन
बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ ।
६२ वर्षीय यादवको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा घितालले जानकारी दिइन् ।
उनका अनुसार, यादवको जानकी गाउँपालिका वार्ड ६ कठारपुरमा अन्तिम संस्कार गरिने भएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा यादवले नेकपा एमालेका तर्फबाट चुनाव जितेका थिए । हाल एमाले लुम्बिनी प्रदेश सदस्यसमेत रहेका थिए ।
