माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र १२, शनिबार १५:५१
सांकेतिक तस्वीर

जनकपुरधाम । धनुषामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैला नगरपालिका–१२ स्थित बरकुरबा बस्ने ३० वर्षीय भगवानबाबु सदा रहेको प्रहरीले जनाएको छ ।

वडा नम्बर २ स्थित वीरेन्द्रबजार महिनाथपुर सडकखण्डमा पानी निकासका लागि जडान गरिएको ह्युम पाइप छेउमा बनेको खाल्डोबाट शुक्रवार बेलुकी ५ बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

प्रहरीका अनुसार, सदा बिहानै त्यहाँ माछा मार्न गएको र बेलुकीसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा उनको शव फेला परेको हो ।

सदालाई छारे रोग लागेको र बेहोस भइ पानीमा डुबेको हुनसक्ने परिवारजनले आशंका गरेको प्रहरीले जनाएको छ ।