जनगायक ‘जेबी टुहुरे’ को निधन
काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’ को निधन भएको छ ।
टुहुरेको ७८ वर्षको उमेरमा आज (बिहिबार) बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
१ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याएका थिए । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्याउँदा उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो ।
उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप लगायतका दीर्घरोगबाट पीडित थिए ।
उनी जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार दोस्रो संविधानसभा सदस्य समेत थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
