हेटौंडा–७ मा स्पोर्ट्स एकेडेमी
मकवानपुर । मदन भण्डारी स्पोर्टस् एकेडेमी ७ नम्बर वडा कमिटी गठन गरिएको छ । मंगलबार बसेको भेलाले कृष्ण थापा मगरको अध्यक्षतामा एकेडेमीको वडा कमिटी गठन गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल ७ नम्बर वडा कमिटी अध्यक्ष प्रेम चौलागाईको सभाध्यक्षतामा भएको भेलाले मगरको नेतृत्वमा १४ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
एकेडेमी उपाध्यक्षमा सरोज रिजाल, सचिव रिता तिमल्सिना, सहसचिवमा सुप्रिम थापा, कोषाध्यक्षमा जीवन कार्की चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा क्रमशः सञ्जीव घलान, सुशीला महत, कुसुम पाखिन, उमेश थापा, विक्रम बस्नेत, सागर फयॉल, लक्ष्मण ढकाल, नवराज त्रिपाठी र सुदीप लामा रहेका छन् ।
भेलाले प्रविन पौडेलको नेतृत्वमा राष्ट्रिय युवा संघ नेपाल ७ नम्बर वडा कमिटी गठन गरेको एकेडेमी वडा कमिटी इञ्चार्ज किरण लामिछानेले जानकारी दिए ।
