मकवानपुरमा व्यवहारिक शिक्षाबारे अन्तरक्रिया
मकवानपुर । मकवानपुर तराई सम्पर्क मञ्चको आयोजनामा सार्क एजुकेशन फाउण्डेसन (हाल नारायणी कलेज र तुलसी मेहर माध्यामिक बिध्यालय) को पहलमा मकवानपुर जिल्लालाई कसरी व्यवहारिक शिक्षाले जोड्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सार्क एजुकेशनका कार्यक्रम निर्देशक किशन बास्तोलाले शिक्षा क्षेत्रलाई व्यवसायिक भन्दा सेवा मुलक बनाउनुपर्ने बताए । विद्यार्थीहरुमा सिक्ने क्षमता अत्याधिक हुने सो क्षमातालाई उपयुक्त व्यवहारिक वातावरण मिलाउन सके राष्ट्रको लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्न सकिने उनको भनाई थियो । हाल चलनचल्तीमा रहेको घोकन्ते विद्यालाई परिमार्जन गर्दै सिकाईमा जोड दिनुपर्ने उनको धारणा थियो । वर्षभरी चार भित्ता भित्र मात्रै राखी गराइने अध्यापन पद्दती तोडिनु पर्ने, आवश्यक पर्ने र सम्भव हुने विषयबस्तु पढाउन विद्यार्थीहरुलाई चार भित्ता भन्दा बाहिर लगेर सिकाउने चलनको विकास गर्नुपर्ने उनको भनाई छ ।
अर्का सञ्चालक मनोज यादवले २१ औँ शताब्दीको युगमा सिकाईमा आधारित शिक्षा हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा लगायतका जिल्लाबाट ३० भन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रममा तराइ सम्पर्क मन्चका अध्यक्ष मधु रन्जन कुमारको आतिथ्यता रहेको थियो ।
सार्क एजुकेसन फाउन्डेसनले यसै बर्सबाट हेटौडा १० स्थित रहेको तुलसी मेहर मेमोरियल माध्यामिक बिध्यालय र नारायणी कलेजलाई आफ्नो अधिनमा रहेर सन्चालनमा ल्याउदै छ। जहाँ मन्टेस्वरी लगाएत नर्सरी देखि कक्षा १२ सम्म स्कुल र त्रिभुवन विश्व विद्यालयबाट अनुमती प्राप्त बिबिएस प्रोगाम चलाएको छ।
कार्यक्रम संचालनमा नेम इन्स्टीच्यूटले पनि सहयोग पुर्याएको थियो ।
