नेपाली कांग्रेसमा ४ लाख ४३ हजार नयाँ क्रियाशील सदस्य थपिए

तु खबर संवाददाता
२०७८ श्रावण १२, मंगलवार १३:१६
file photo

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्य ४ लाख ४३ हजार ६ सय ६८ जना थपिएका छन् ।

त्यस्तै ४ लाख ९ हजार ३३ जनाको सदस्यता नविकरण भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

यससंगै कांग्रेसको १४ औँ महाधिवेशनका लागि देशैभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील सदस्यता पाएका हुन् ।

काँग्रेसकोे क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पदाधिकारी बैठकमा पेस गरेको विवरण अनुसार क्रियाशिल सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष  र १ लाख ९९ हजार ९७ जना महिला  रहेका छन् ।

अन्यमा १७६ जना रहेका छन् । प्रतिवेदनमा समितिका सदस्य कल्याण गुरूङले भने नोट अफ डिसेन्ट लेखेका छन् । छानबिनको काम नसकिँदै प्रतिवेदन बुझाइएको उनको भनाइ छ ।