आज नेप्से सामान्य अंकले घट्यो

तु खबर संवाददाता
२०७८ श्रावण ११,सोमबार १६:४२

काठमाडौं । आज साताको दोस्रो दिन नेप्सेको परिसूचक सामान्य अंकले घटेको छ ।

आज नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर ३ हजार ५०.४३ विन्दुमा कायम भएको छ ।

केही दिनयता क्रमिक रुपमा उकालो लागेको नेप्सेमा आज ८ दशमलव २४ अंकले घटेर ३ हजार ५०.४२ विन्दुमा कायम भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत २ दशमलव ९३ अंकले घटेर ५७१.१० विन्दुमा झर्न पुगेको छ ।

आज २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।